आर्यन बुढ्यौली रुपमा होमवर्क गर्दै


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गोपिकृष्ण मुभिजले लामो समय पछि पुन चलचित्र निर्माणको घोषणा गरे लगतै चलचित्रको सुटिंग सुरु गरेको छ । आर्यन सिग्देललाई एकदमै नयाँ लुक्स र भूमिका रहनेको यो चलचित्रमा आर्यन बाहेक नम्रता श्रेष्ठ, विजय लामाको मुख्य भूमिका रहेको छ ।
Aaryan-sigdel-homework
निरक पौडेललेको निर्देशनमा बन्न लागेको चलचित्रमा आर्यन दोहोरो चरित्रमा देखिने भएका छन् । आर्यन तन्नरी चरित्रमा नम्रता श्रेष्ठसँगको जोडीको रूपमा देखिने छन् भने बुढेसकालमा गौरी मल्लको सहारा बनेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।