अभिनेता कार्किले सुरु गरे डान्स स्कुल



काठमाडौँ। अभिनेता रबि कार्किले आफ्नै पेशालाइ निरन्तरता दिदै ‘रि एण्ड कि डान्स एण्ड जुम्बा’ संचालनमा ल्याएका छन् । मिलाप , प्रेम बिबाह , तिमि बिनाको संसार , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका कार्किले तारकेश्वर नगरपालीका वडा नं २ मा डान्स सेन्टर खोलेका छन् । नृत्यको क्षेत्रमा बिगत २३ बर्ष देखि सक्रिय रहेका छन् ।

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको यस डान्स एकेडेमिको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजीबि , राजनितिज्ञ , चलचित्रकर्मिको उपस्थिति रहेको थियो । रबि कार्किको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा , बिशिष्ट अतिथिमा लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रबिन्द्र केसि , अतिथिमा संगीतकार बिकाश चौधरी तथा सन्चारकर्मिको उपस्थिति रहेको थियो ।

एकेडेमि सन्चालनमा नायक कार्किलाइ शोभा तामाङले साथ दिएकि छिन् । अभिनेता कार्किले लामो समय भारतिय सुप्रसिद्ध नृत्यनिर्देशक रेमो डिसुजा , राज जोशि संग डान्स सिकेर आफ्नै देशमा केहि गर्छु भन्दै फर्किएका थिए । नायक कार्कीको रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमिमा हरेक प्रकारका डान्सका साथै एक्टीङ , थिएटर एक्टीङ , आरजभिजेको समेत प्रशिक्षण दिने बताएका छन् ।