‘इन्टु मिन्टु लण्डनमा’उत्साह जनक सुरुवात, देखियो साम्राज्ञी र धिरजको क्रेज (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङको सुरुवात गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभरका सिनेमा घरमा बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले चलचित्र इनिसियल व्यापारमा सफल भएको मान्न सकिने वितरक बताउँछन् ।

रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शुक्रबार चलचित्रले ५५ लाख हाराहारीको व्यापार गरेको वुझिएको छ । भने शनिबार चलचित्रको व्यापार १ करोड आसपासमा हुने आँकलन गरिएको छ । शनिबार देशैभरका मल्टिप्लेक्स र सिंगल हल हाउसफूल रहेको निर्माण टिमले बताएको छ।

काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको भिड देखियो भने सिंगल हलमा पनि उस्तै क्रेज देखिएको थियो । काठमण्डौ बाहिरका पोखरा, चितवन, इटहरी, धराना, विर्तामोड, दमक, वुटवल, नेपालगञ्ज लगायतका स्टेशनमा चलचित्र हेर्न दर्शक ओइरिएका थिए ।

शनिबार चलचित्रका मुख्य कलाकार र निर्देशक विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको गोपिकृष्ण हलमा साम्राज्ञी, धिरज, सारुक र रेनशा पुग्दा दर्शक सेल्फीमा रमाए । हलमा साम्राज्ञी र धिरजको क्रेज राम्रो देखियो । यूवतीहरुमा धिरज लोकप्रिय देखिएका थिए ।