सेलेब्रिटी नेपाल मंसिर२९- विश्व बौद्धिक सम्पत्ति संगठन (विपो) सँगको साझेदारीमा कपि–राइट्स रजिस्ट्रारको कार्यालय नेपालले आयोजना गरेको दुइ दिने कार्यशाला सम्पन्न भयको छ कलाकार, निर्माता, प्राविधिकसँग सम्झौतापत्र कसरी गरिन्छ, र यससम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन के छ भन्ने सम्बन्धमा आयोजित कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो ।वर्कसपमा चलचित्र समीक्षक प्रदीप भट्टराई, गीतकार तथा निर्देशक यादव खरेल रिसर्च पर्सनका रूपमा रहे भने अन्तर्राष्ट्रियतर्फ कन्टेन्ट सेल्स डिस्ट्रिब्युसन क्लिएटिएल इन्टरटेन्मेन्ट हङकङकी उपाध्यक्ष वेन्डी रिड्स, कम्प्लियन्स कन्सल्टिङ लस एन्जलसका अध्यक्ष रोब एफ्ट र कपि–राइटस् इन्फ्रास्ट्रक्चर डिभिजन क्रिएटिभ इन्डस्ट्रिज सेक्सनकी विपोको काउन्सिलर डोना हिल रहेकी थिइन् ।वर्कसपमा कलाकार संघका नवनिर्वाचित अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका सदस्य, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष विमल पौडेल, प्राविधिक संघका पदाधिकारीहरु सहभागी भयका थिए ।
सम्बधित पोस्टहरु
अन्जु-किरणको ‘छेउमा नआउ कान्छी तिमी’ रिलिज
गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ। गीतको भिडियोमा...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...
‘खजुरे ब्रो’ निर्देशक भन्छन्- फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन भएन
दोश्रो सिनेमामा निर्देशनमा झण्डै दशकको समय लगाएका निर्देशक सुरज सुनुवारले राम्रो कथा नभेटेरै यति समय लागेको बताएका छन्। ‘तपाईंसँग रोचक कथा हुनुपर्यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन। यस्तोमा फिल्म...
‘मनसरा’ निर्देशकलाई यसपटक टाउको दुखेको छैन्
कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्। भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो। उनी ‘जारी’को पहिलो कट हेरेर...