चीनमा ६ सय बढी सिनेमा हल खुले

सेलिब्रेटी नेपाल

एजेन्सी:विश्व यतिबेला कोरोना भाइरसको महामारीमा छ । कोरोना भाइरसको सुरुवात चीनबाट भएको थियो । तर, चीनमा अहिले कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ । यसैले विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवनहरु खुल्न थालेका छन । भारतीय मिडियाका अनुसार चीनका करिब ६ सय भन्दा बढी हल संचालनमा आएका छन।

हल संचालनमा आएसँगै दर्शकलाई आकर्षण गर्न पुराना चर्चित हलिउड चलचित्र रिलिज गर्ने तयारीमा संचालकहरु छन । चलचित्र भवनहरुमा ‘अवतार, इसेप्सन, एभेन्जर्स, वुल्फ वारियर, वुल्फ टोटेम’ जस्ता चलचित्रहरु रिलिज गर्ने तयारी गरिएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३