चलचित्र पत्रकार संघले रक्तदान कार्यक्रम गर्ने

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले रक्तदान कार्यक्रम गर्ने भएको छ। बाढी पहिरोमा घाईते भएकाहरुको लागि संघले यहि साउन २४ गते शनिबार रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको महासचिव समीर बलामीले बताए।

अनामनगरस्थित संघको कार्यालय नजिकै हुने रक्तदान कार्यक्रममा उपस्थित हुन सदस्य तथा सम्पूर्णलाई संघले अनुरोध समेत गरेको छ।