लोकप्रिय गायिका बिष्णु माझिलाइ मातृशोक


सेलिब्रेटी नेपाल

काठमाडौँ :नेपाली लोक तथा दोहोरि गीत क्षेत्रकि सर्वाधिक ब्यस्त तथा लोकप्रिय गायिका बिष्णु माझीलाई मातृशोक परेको छ । शुक्रबार दिउसो स्याङ्गजाको चापाकोटस्थित आफ्नै घरमा आमा धर्मकुमारी माझीको ५८ बर्षको उमेरमा निधन भएको लोक गायक बद्री पंगेनीले जानकारी गराए ।

धर्मकुमारी लामो समयदेखी मृगौलाको रोगबाट पीडित थिईन् । धर्मकुमारीका श्रीमान, एक छोरा र दुई छोरी रहेका छन् ।