भिषणको ‘जब देखी डुबे म’ सार्बजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

माया प्रेममा बिछोड हुदाको पिडालाई समेटिएर तयार पारीएको गित ‘जब देखी डुबे म’ सार्बजनीक गरिएको छ । गितको भिडियो प्राकृतिक एवं रमणिय मकवानपुरको कुलेखानी लगायतका स्थानहरुमा छाँयाकन गरिएको छ । सार्बजनिक गीतमा भिषण राईको स्वर, संगीत रहेको छ रमेश दाहालको शब्द रचना रहेको छ किरण सागरले छायांकन गरेको भिडियोलाइ सुधिर गुप्ताले सम्पादन गरेका छन् । संचार कर्मी मोहन अधिकारीको निर्देशन रहेको भिडियोमा नव कलाकार रिमा भण्डारी , अजय लम्साल र शिब श्रेष्ठ को अभिनय रहेको छ ।