‘बर्दिबास फेसन शो २०७६’ को दोस्रो सिजन हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: एल एन्ड एन मोडल एजेन्सीले आउदो भाद्र २८ गते ‘बर्दिबास फेसन शो २०७६’ को दोस्रो सिजनका लागि ग्रान्ड चरणको अडिसन गर्ने भएको छ । यस सिजनमा भग लिनलाई ८ बर्ष देखि ३० बर्षका समुहले भाग लिन पाउने व्यवस्था गरिएको आयोजकले जानकारी गराएका छन । भाद्र २१ गते बर्दिवास फेस्ट २०१९ सिजन २ को पहिलो अडिसन सम्पन्न भएको जस मा १२ जना युवा युवती हरु को सहभागिता रहेको र छुटेकाहरुको लागि यहि सनिबार अडिसन गरिने छ ।बच्चा देखि युवासम्मलाई र्याम्पमा समेट्ने गरि कार्यक्रमको कार्यक्रमको रुपरेखा तयारी गरिरहेको एजेन्सीका सन्चालक नितिन कायस्थले बताए । इच्छुकले अडिसनका लागि १००० फारम सुल्क तिर्नु पर्ने छ भने यसपस्चात अन्य केही शुल्क नलाग्ने पनि कायस्थले सुनाए ।

अडिसन बर्दिवासको गौतम होटलमा ११ बजे देखि ३ बजे सम्म हुने भएको छ ।हिन्दुहरुको महान चाड बिजया दशमीलाई लक्षित गर्दै ग्रान्ड फाईनलका दिन नेपाली कला र संस्कृतिलाइ प्रबर्धन गर्ने उद्देश्य सहित हस्तकला, चित्रकला, गायन, नृत्य एबम कमेडी संग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाइनरका ड्रेसहरु समेत प्रस्तुत गरिने छ । अडिसनमा बिवाहित तथा अबिवाहित दुबैले सहभागी जनाउन पाउने छन ।