आज निष्ठुरीको फोटो हेरेर रोयं भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत बजारमा अहिले गीत संगीत सुन्ने भन्दा पनि हेर्ने जमाना आएको छ । जति पनि गीत रेकर्ड हुन्छन प्राय सबैको भिडियो बनेका हुन्छन भिडियो बनेर यु ट्युब मार्फत रिलिज गर्दा देश विदेशमा बसेका थुप्रैले सजिलै हेर्न पाएका छन् । अहिले भिडियोमा अभिनय गर्न रुची राख्ने युवा युवती हरु थुप्रै छन् । Kazol-khanal-sagar
नमुछे आमा दहीमा टिका जस्तो सुपर हिट गीतका गायक कृष्ण भक्त राइको आवाजमा रहेको आज निष्ठुरीको फोटो हेरेर रोयं बोलको गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा मायालुले छोडेर जाँदाको पिडा लाइ देखाईएको छ । काजल खनाल र सागर श्रेष्ठको अभिनय रहेको भिडियो पोखराको रमणीय दृश्य हरु समाबेश गरिएको छ ।