सेलीब्रेटी नेपाल पौष २४ गते -नेपाली चलचित्र दर्शकले यो सुक्रबार चार नंया नेपाली चलचित्र हेर्न पाउने भयका छन्। अहिले नेपाली चलचित्र बजार राम्रो नभयको समयमा एकै साता चार चलचित्र किन एकै पटक रिलिज हुन्छ.. दर्शक हरु लाई अच्चम लाग्न सक्छ। शहिद र देवयानी जस्ता बिसेष चलचित्र निर्देशन गरि सकेका बिजय बस्नेत को अर्को चलचित्र दलाल पनि यसै साता बाट प्रदर्शनमा आँउदै छ। किन यसरि चार चलचित्र एकै दिन रिलिज भयका हुन् भनि विजय संग सोद्द्दा उनि भन्छन “चलचित्रका केहि नेता तथा दलाल हरुको फन्दामा पर्दा नेपाली चलचित्रका निर्माता हरु फसी रहेका छन्। केहि व्यक्ति हरुले नेपाली चलचित्र बजार राम्रो भयको हेर्न चाहन्न त्यसैले संधै यस्तै हुन्छ। हप्ताको ३-४ चलचित्र एक आपसमा जुदछन् यसको फाइदा बिदेशी चलचित्र ले उठाउंछ “चलचित्र हरु घाटामा गई रहे पनि आफ्नो लगानी सुरक्षित छैन भन्ने थाहा हुँदा हुँदै पनि चलचित्रहरु बनि रहेका छन् अहिले निर्माण सकायर बसेका चलचित्र हरु प्रदर्शन गर्दा एक बर्ष सम्म लाई पुग्छ हाल पनि अझै थुप्रै निर्माण भइ रहेका छन्। चलचित्र क्षेत्र लाई नबुझी आउने मान्छे हरु र राज्यको नीति नभयको कारणले पनि नेपाली चलचित्र क्षेत्र धरासायी बन्दै गई रहेको छ।केहि तत्व हरुले नेपाली चलचित्र कर्मी हरु लाई एक हुन नदिई रहेको अवस्था छ। त्यस्ता तत्व हरु छन् जसले नेपाली चलचित्र बजार लाई आफ्नो पेवा ठानेर आफ्नो व्यक्तिगत स्वार्थका कारण चलचित्र उद्योगलाई राम्रो बन्न दिन्नन। यस्तो अवस्था कहिले सम्म रहला?
सम्बधित पोस्टहरु
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...






