दलालले गर्दा एकै साता ४ चलचित्रको भिडन्त


सेलीब्रेटी नेपाल पौष २४ गते -नेपाली चलचित्र दर्शकले यो सुक्रबार चार नंया नेपाली चलचित्र हेर्न पाउने भयका छन्। अहिले नेपाली चलचित्र बजार राम्रो नभयको समयमा एकै साता चार चलचित्र किन एकै पटक रिलिज हुन्छ.. दर्शक हरु लाई अच्चम लाग्न सक्छ। शहिद र देवयानी जस्ता बिसेष चलचित्र निर्देशन गरि सकेका बिजय बस्नेत को अर्को चलचित्र दलाल पनि यसै साता बाट प्रदर्शनमा आँउदै छ। किन यसरि चार चलचित्र एकै दिन रिलिज भयका हुन् भनि विजय संग सोद्द्दा उनि भन्छन “चलचित्रका केहि नेता तथा दलाल हरुको फन्दामा पर्दा नेपाली चलचित्रका निर्माता हरु फसी रहेका छन्। केहि व्यक्ति हरुले नेपाली चलचित्र बजार राम्रो भयको हेर्न चाहन्न त्यसैले संधै यस्तै हुन्छ। हप्ताको ३-४ चलचित्र एक आपसमा जुदछन् यसको फाइदा बिदेशी चलचित्र ले उठाउंछ “चलचित्र हरु घाटामा गई रहे पनि आफ्नो लगानी सुरक्षित छैन भन्ने थाहा हुँदा हुँदै पनि चलचित्रहरु बनि रहेका छन् अहिले निर्माण सकायर बसेका चलचित्र हरु प्रदर्शन गर्दा एक बर्ष सम्म लाई पुग्छ हाल पनि अझै थुप्रै निर्माण भइ रहेका छन्। चलचित्र क्षेत्र लाई नबुझी आउने मान्छे हरु र राज्यको नीति नभयको कारणले पनि नेपाली चलचित्र क्षेत्र धरासायी बन्दै गई रहेको छ।केहि तत्व हरुले नेपाली चलचित्र कर्मी हरु लाई एक हुन नदिई रहेको अवस्था छ। त्यस्ता तत्व हरु छन् जसले नेपाली चलचित्र बजार लाई आफ्नो पेवा ठानेर आफ्नो व्यक्तिगत स्वार्थका कारण चलचित्र उद्योगलाई राम्रो बन्न दिन्नन। यस्तो अवस्था कहिले सम्म रहला?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.