‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार


काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई रमाइलो र भावनात्मक अनुभव दिलाएको छ। चलचित्र कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउँदैछ।

निर्माण पक्षका अनुसार गीतको कथावस्तु चलचित्रकै कथा–वस्तुसँग मेल खाने खालको छ। यसै गीतमार्फत हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशकिय डेब्यु फिल्म ‘मैझारो’ ले अपेक्षित चर्चा पाउन थालेको छ।

गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ भने शब्द र संगीत अनमोलकै रहेको छ। एरेन्ज रिकेश गुरुङले गरेका छन्। मौलिक प्रेमकथामा आधारित यस चलचित्रमा धिरज र मिरुनासँगै दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन्। सौरभ लामाको छायांकनमा बनेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.