जनजातीय आन्दोलनको कथामा चलचित्र ‘लडाइँ पहिचानको’


काठमाडौं। कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको चलचित्र ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। भिम लामाको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर सञ्चारकर्मीको भूमिकामा देखिएकी छन् भने अभिनेता धिरेन शाक्यले प्रहरी प्रमुख र

CTआइडल विजेता प्रशान्त तामाङले पहिचानवादी नेताको भूमिका निर्वाह गरेका छन्। पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्र करिब १ करोड रुपैयाँको लागतमा तयार गरिएको हो।

भिम लामा फिल्म्सको ब्यानरमा निर्माण गरिएको चलचित्रका निर्माता भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ हुन्। चलचित्रमा धिरेन शाक्य, करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खड्गी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट, सुरबिर पन्डित, रोशन शर्मा ,किशोर साम्बाहाम्फे,छिरिङ लामा,शर्मिला राई,पबि तेम्बे,सुदिप लिम्बू,नवीन मेनेङ्बो
र दिलु सुब्बालगायत कलाकारहरूको अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.