‘खलासीलाई गाडी हाक्न दियो भने एक्सीडेन्ट त भैहाल्छ’-टेलिभिजन संचालक जनकदीप


संचार क्षेत्रमा बिगत बिस वर्ष देखि संलग्न जनक दिप पराजुली को नाम भने नौलो होईन पत्रकारिता ,गित ,लेखन ,टेलिभिजन प्रोगाम प्रोडक्सन ,फिल्ममेकर हुदै टेलिभिजन ब्रोडकास्टरको रुपमा समेत आफनो परिचय बनाई सकेका जनकदीप पराजुली आजको हाम्रो सेलीव्रेटी टकमा पाहुना हुनुहुन्छ उहा तराई टि. भी. का निवर्तमान संचालक मध्येका एक तथा कार्यकारी निर्देशक हुनुहुन्छ सेलीव्रेटी नेपालका संचालक रघुनाथ सापकोटाले ” नेपालमा टेलिभिजनको अवस्थाको ” बारेमा गरेको कुराकानीको सारसक्षेप
Janak deep parajuli
तपाई धेरै क्षेत्रमा आवद्द हुनुहुन्छ ? सामाजिक सेवा,संचार,चलचित्र,भैतिक पूर्वाधारहरुको परिकल्पना तथा निर्माण ? आखिर तपाईको परिचय चाहिं के हो के भन्न रुचाउनु हुन्छ ?

वास्तवमा म संचारकर्मी नै हुँ यसैबाट नै आज म यहाँ सम्म आउन सफल भएको हु त्यसपछि मात्रै अन्य कुराहरु आउछ ।

आजकल के मा व्यस्त हुनुहुन्छ ?

धेरै समय मेरो सामाजिक काममै बितिरहेको छ। भूकम्पको राहत,उद्दार र अब पुननिमार्णका कामहरु चली रहेका छन। अनि एउटा चलचित्र निर्माणको योजनामा पनि छु

तपाई त टेलिभिजन व्रोडकाष्टर पनि हो तराई टि-भी- छोड्नु भएपछी अरु केहि योजना गर्नु भएन ?
योजना त गरेको थिए तर यो व्यवसाय र क्षेत्रलाई बुझने ईन्भेष्टर र बैंकहरुको अभावमा मैले त्यो प्रोजेक्टलाई थाति राखी दिए ।

तर अरु टि-भी च्यानल त धमाधम खुली रहेको छन त ?

धेरै टि-भी च्यानल खुल्नु यो क्षेत्रमा काम गर्ने हरुको लागि खुसीको कुरा हो तर जुन किसिमको टि.भी. च्यानलहरु खुली रहेका छन त्यो चाहिं दुखको कुरा हो किनकी डिफरेन्स कन्सेप्ट ,क्वालिटी प्रडक्ट, मार्केट डिमाण्ड अनुसारको कुनै पनि टि.भी.च्यानल खुलेका छैनन ।

तराई टि-भी लाई एउटा उचाई र परिचय बनाएर आफै छोड्नु भयो किन ?

म सग टेलिभिजन सेक्टरमा केहि गर्न सक्छु भन्ने भिजन थियो कन्फीडेन्स थियो जस अनुसार हामी सफलपनि भएका हौ मैले त्यो टि.भी. मा आफ्नो २० % मात्र आउटपुट दिएको थिएँ किनकी हामीसग ईक्युप्मेंट र स्टुडियोहरु थिएन बन्ने क्रममा नै थियो तर दुरभाग्य ईक्युप्मेंट र स्टुडियो बनुनजेल सम्म मैले टि.भी. छोडी सकेको थिए ।

तर तराई टेलिभिजनले एक किसिमको लोकप्रियता र TRP त हासिल गरि सकेको अवस्था थियो नि ?

हो म रातदिन त्यो टि-भी को उचाईको लागि सोच्थे र खट्थे पनि म आफै , ग्राफिक्स प्याकेजिंक, प्रोगाम, एडमिन हेर्थे र कसरी हुन्छ हाम्रो लेआउट र स्क्रिन सुन्दर वनाउने भन्ने सोच्थे त्यो मैले ट्राइ गरे दर्शकहरुले मनपराउनु भयो।

त्यसो भय तपाईको टि.भी.किन बन्द भयो त ?
म रहुन्जेल टि.भी.को मिसन भिजन र गोलको कन्सेप्ट स्पस्ट थियो म त्यहि रोडम्यापमा अघि बढेको थिएँ राम्रो भएको थियो। मैंले छाडे पछि नयाँ टिम संग मिसन भिजन र गोलको क्लियर भयन अनि च्यानल बन्द भयो ।
अब भविष्यमा टि.भी. को योजना छ कि छैन ?

मेरो रहरको बिषय नै प्रोग्राम प्रडक्सन र ब्रोडकास्टिङ नै हो राम्रो टिम पाएमा यसैमा केहि नया र नौलो गर्ने ईच्छा छ तर मलाई अरुको जस्तो एभरेज काम गर्न ईच्छा छैन ।

टेलिभिजनको भविष्य छ र थुप्रै बन्द भई रहेका छन् ?

नेपालको मार्केट अनुसार ३ देखि ५ वटा सेटलाईट टि.भी. हरु राम्रो संग चल्न सक्छन । देख्दछु यो नराम्रोको भिडमा एउटा राम्रो टि.भी. ल्याउन सके पक्कै पनि सफल हुन्छ । अब बन्द हुने सवालमा खलासी लाई गाडी हाक्न दियो भने अवश्य पनि एक्सीडेन्ट त भै हाल्छ यहाँ धेरै जसो टि.भी. को यहि हालत भएको हो र अर्को कुरा टि.भी. चलाउनु दुकान खोले जस्तो होईन । यो लंग टाईम बिजनेस हो टि.भी. को सिग्नल ,अफिस ,स्टाफ एउटा मध्यम हुन् तर महत्वपूर्ण कुरा त्यसबाट प्रसारण हुने कन्टेन्टको हो । ईन्फ्रास्टक्चर ईक्युप्मेंट र म्यानपावर पछि कन्टेन्टमा लगानी गर्नुपर्छ मार्केटमा हामीले त्यहि कन्टेन बेच्ने हो तसर्थ नया कन्सेप्ट र कन्टेन्टमा लगानी गर्न सक्ने टि-भी च्यानलको अवश्य पनि भविष्य छ।

तपाईले भने जस्तो कार्यकम बनाउन सक्ने जनशक्ति नेपालमा छ त ?

अवश्य छ केहि ट्रेनिंगको आवश्यकता छ खासगरी हामीले प्रोगाम प्रडक्सनमा कन्सेप्ट ,ग्राफिक्स र क्वालिटी कन्ट्रोलमा ध्यान दियो भने तपाईले विदेशी च्यानलमा देख्नु भएको जस्तै कार्यक्रम यहि बनाउन सकिन्छ ।

पैसा धेरै खर्च हुन्छ होला नि होईन र ?

खर्च त हुन्छ व्राण्ड बनाउने रेट राख्ने अनि बेच्ने क्वालिटी प्रड्क्टलाई रेट तिर्न हाम्रो क्लाइन्ट कन्भिन्स छन ।

सफल टि.भी.च्यानल बनाउन कसरि सकिन्छ ? के के गर्नु पर्छ ?

पहिला रहरले भन्दा पनि ब्यबसायिक हिसाबले यो क्षेत्रमा हात हाल्नु पर्यो मान्छेको हाउ भाउ र गफमा भन्दा पनि उसको क्षमता,काम,गुणस्तर र योग्यतामा भर पर्नु पर्यो त्यस भन्दा महत्व पूर्ण कुरा कुनै पनि प्रोजेक्टको भिजन मिसन र गोल क्लियर हुनु पर्यो । यसरि अघि बढ्दा कार्यक्रम र बजेटको अभाव भयान भने अबश्य सफल भईन्छ।
तपाईं टेलिभिजन सम्बन्धि यति धेरै कसरि जान्नु हुन्छ ? कि तपाईंको अध्यन यसैमा हो ?

होइन,मेरो अध्ययन पहिला पत्रकारिता हो यसमा मैंले स्नातक गरेको छु । दोस्रो म सानो छंदा चित्र कोर्ने रहर गर्थें कविता लेख्थे त्यसले मलाई गीतकार पनि बनायो र आर्किटेक्चर पनि तर काम गर्दै जाँदा म संचार कर्ममा नै बढी भिजे सिक्ने मौका पायं नेपाल देखि भारतको विभिन्न टि भी,च्यानल र प्रोडक्सन हाउस हरुमा काम गर्ने मौका पाए त्यसको अनुभवले मलाई अझ कन्फिड़ेन्स बनायो ।

तपाईंको पनि फिल्म त चलेन नि होइन र ?

हेर्नुस म क्रियटर हुँ ब्यापारी होइन । मलाई सिर्जना गर्न जति आउछ व्यापार गर्न त्यति आउँदैन र सिर्जना र व्यापार बिल्कुलै फरक कुरा हुन् हाम्रो नेपाली सिनेमा उद्योगमा यी दुवै कुरा एक्लैले गर्नु पर्छ त्यसैले सफल हुन गार्हो भई रहेको छ । बलिउडमा हेर्नुस ब्यापारी र क्रियटर फरक फरक हुन्छन् यस अर्थमा म पनि व्यापार गर्न असफल भएको हुँ।
अब म्युजिक भिडियो र चलचित्र निर्माण गर्नु हुन्न ?
खासमा म आफु लाइ म्युजिक भिडियो मेकर भन्न रुचाउदिन म भन्दा राम्रो भिडियो बनाउने धेरै जना हुनुहुन्छ ।मैंले जति पनि भिडियो बनाए दर्शकले मन पराइ दिनु भयो राम्रै भयो । अहिले समयको कारणले गर्दा भिडियो बनाउन सकी रहेको छैन । धेरै जनाले अनुरोध गरि रहनु भएको छ समय मिलायर गर्नेछु । चलचित्रको चाहिं अहिले स्क्रिप्टको काम भई रहेको छ ।

अन्तमा हाम्रो मिडिया सेलिब्रेटी नेपाल बाट के संदेश दिन चाहनु हुन्छ ?
मलाई सपोर्ट गर्नु हुने सम्पूर्ण लाइ धन्यवाद । सहि र गुणस्तरीय कामको लागि निरन्तर लागि रहनु पर्छ अबस्य सफल भइन्छ भन्ने संदेश दिन चाहन्छु ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.