खेम र संगीताको ‘धेरै नरिसाउ’ मा पुष्प र सनिषा


काठमाडौं । अहिलेका सर्वाधिक लोकप्रिय लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘धेरै नरिसाउ’ बोलको गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रमेश परियारको शब्द र संगीत छ । रमेश पछिल्लो समयका लोकप्रिय सर्जक मानिन्छन् । उनले बनाएका अधिकांश गीत लोकप्रिय छन् ।

गीतको भिडिओमा पुष्प खड्का र सनिशा भट्टराईले नृत्य गरेका छन् । नवराज उप्रेतीको टिमले खिचेको भिडिओलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडिओको सम्पादन भने मिलन बिश्वकर्माले गरेका हुन् ।

यो गीतलाई गायिका संगीताले प्रस्तुत गरेकी हुन् । पछिल्लो समय अमेरिका बस्दै आएकी संगीता अहिले नेपालमा छिन् । नेपालमा रहदा उनले गीत ल्याइरहेकी हुन्छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.