सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक


सेलिब्रेटी नेपाल । रोशन बलामीको स्वरमा रहेको नयाँ गीत ‘रुँदा रुँदै’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रकाश दीप तिमल्सिनाको शब्द तथा सुन्दर मगरको संगीत रहेको छ।

गीतको भिडियोमा प्रकाश दीप तिमल्सिना, आकृति पोखरेल, सरिता राजोपाध्याय, राज पण्डित, अनिल पोखरेल र संगम पौडेलको अभिनय रहेको छ। बाल कलाकारका रूपमा सम्मान चौलागाईंले अभिनय गरेका छन्।

रामकुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। गीतका निर्माता अनिल पोखरेल हुन् भने भिडियोको निर्देशन सत्यराज चौलागाईंले गरेका छन्। लामो समयको अन्तरालपछि यसै भिडियो मार्फत सत्यराज निर्देशनमा फर्किएका छन्।

भावनात्मक कथावस्तु र आकर्षक प्रस्तुतिसहित तयार पारिएको ‘रुँदा रुँदै’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ पुग्न थालेको छ। भिडियो 8K एभरेस्ट मोसन पिक्चर्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.