‘राधा पियारी’मा पल र मलिकाकाे ठुम्का (भिडियोसहित)


काठमाडौं- लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियाे ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीतलाई शुक्रबार ओ.एस.आर डिजिटल च्यानबाट सार्वजनिक गरिएको हो।

पि.एम जोडीको नामले परिचित पल र मलिकाकाे यस भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ ।

देशभरका सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो। समग्रमा भन्नुपर्दा, भिडियाेले समाज रुपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गरेको छ।

गायिका शान्ती श्री परियार र गायक कृष्ण बि.केको सुमधुर आवाज रहेको यो गीतमा कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका छन्। सार्वजनिक भिडियोमा जि.बि अग्रको निर्देशन रहेको छ। गीत र गीतको भिडियाेले दर्शकको मन छुनेमा निर्देशक जि.बि अग्रि र गायक कृष्ण बि.के विश्वस्त छन।

नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन। भिडियाेमा अर्जुन तिवारीको सिनेमाटाेग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।