माथिल्लो म्याग्दीको मौलिक स्वाद ‘सारथी’ को ‘मयाली’ सार्वजनिक’


Screenshot

सेलिब्रेटी नेपाल । आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘सारथी’को नयाँ गीत ‘मयाली’ सार्वजनिक भएको छ।

म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रशान्त शिवाकोटीकै रहेको छ।

‘मयाली’ माथिल्लो म्याग्दी क्षेत्रको मौलिक सांगीतिक स्वाद बोकेको गीत हो। स्थानीय परिवेश, संस्कृति र लोकलयलाई समेटिएको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य देख्न सकिन्छ। गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् भने छायांकन गोपाल रायाले गरेका छन्।

कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र ‘सारथी’मा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता रहेका छन् भने अमिर के.सी.ले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रको छायांकन संकल्प भुजेलले गरेका छन्। सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ भने राजु खतिवडा मुख्य सहायक निर्देशक हुन्। यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक रहेका छन्। चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.