पल र प्रदीपलाई एकसाथ पर्दामा ल्याउँदै कृषा चौलागाईं

‘उहि तिम्रो’को आज शुभ मुहूर्त


सेलिब्रेटी नेपाल । केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सले पुनः एक पटक चर्चित नायक द्वयलाई एउटै फिल्ममा अटाउने भएको छ । पल शाह र प्रदीप खड्कालाई लिएर कृषा चौलागाईं र विशाल चौलागाईंले बनाउन लागेको ‘उहि तिम्रो’को आज शुभ मुहूर्त गरिएको छ । यी दुई नायकको साथमा फिल्म ‘उहि तिम्रो’ मा ब्युटिफुल राईजिङ स्टार सिम्रन पन्त देखिँदै छिन् । यो संगै जुना विश्वकर्माले यही फिल्म मार्फत डेब्यु गर्दैछिन् ।मङ्सिरबाट म्याग्दीको रमणीय स्थल मार्फत छायांकन सुरु हुने फिल्मको अन्य भागको छायाङ्कन भने काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्ममा प्रदीप पल, सिम्रन र जुनाको साथमा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमु, जुना विश्वकर्मा लगायतको अभिनय रहने छ । फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन । कृषा चौलागाईको निर्देशन रहने फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन् । विशाल चौलागाईंको निर्माण रहने फिल्मको फाइनान्स म्यानेजर सविन ढुङ्गाना रहने छन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल रहेका छन् । सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने फिल्ममा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहने छन् । आर आर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहने छन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने छ। फिल्म ‘उहि तिम्रो’आगामी नयाँ बर्षमा प्रदर्शनमा आउने बताईएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.