पल र अस्मिताको डान्सिङ्ग नम्बर ‘लाल रिबन’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक टेक बीसी र गायिका अस्मिता जुरेलीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘लाल रिबन’ बोलको डान्सिङ्ग गीतमा शब्द तथा संगीत भिम बीसीको रहेको छ। केशव बडूको संगीत संयोजन रहेको छ। सार्वजनिक भिडियोको छायांकन स्काई वाक टावरमा गरिएको छ। स्काई वाक टावरमा म्युजिक पहिलो पटक छायांकन गरिएको हो।

काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन्। साइराम पिक्चर्सको प्रस्तुतिमा बनेको भिडियोको सम्पादन बिज्ञान राइले गरेका छन् । भिडियोमा पल शाह र अस्मिता जुरेली फिचर्ड छन्। भिडियो साइराम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।