‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक



काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा कर्नेलियस फर्किएको छ । अब एप्स मानिसको शत्रु बनेको देखिन्छ ।

झण्डै ५५ वर्ष पुरानो हलिउडको सबैभन्दा शानदार फ्रेन्चाइजीमध्येको एक ‘प्लानेट अफ द एप्स’ले सन् १९६८ देखि दर्शकलाई मनोरञ्जन दिंदै आएको छ । यसअघि यो फ्रेन्चाइजीका नौ सिरिज रिलिज भइसकेका छन् । यो १० औं सिरिज हुनेछ ।

‘किङ्डम अफ द प्लानेट अफ द एप्स’लाई वेस बलले निर्देशन गरेका हुन् । यो फिल्ममा ओवेन टीग, फ्रेया एलन, केभिन डुरन्ड, पिटर म्याकन, विलियम एच. जोस फ्राइडम्यानको अभिनय छ । रिक जाफा र अमान्डा सिल्भरले पटकथा तयार गरेका छन् । भारत र नोपलमा फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन । अमेरिकामा भने यो फिल्म २४ मे २०२४ मा प्रदर्शन हुने जनाइएको छ ।