स्टारकै फिल्म फलप भएको वर्ष २०७९



काठमाडौँ। वर्ष २०७९ फिल्म क्षेत्रका लागि अघिल्ला वर्षको तुलनमा केही सुखद रहन पुग्यो। २०७६ सालमा विश्वभर कोरोना भाइरसले आतंक मच्चाएपछि नेपालमा यो संक्रमण नदेखिँदै जोखिम रोक्न त्यही वर्षको फागुन महिनामै सिनेमा हल बन्द गराइयो। बिचमा केही समय हल खोल्ने र फेरि बन्द गर्ने गर्दै लामो समय बित्यो।

कोरोना आतंककै कारण २०७७ सालमा एकाधबाहेक फिल्म रिलिज हुन सकेनन्। ०७६ सालदेखि ०७८ सालसम्म पटकपटक निषेधाज्ञा जारी भएका कारण अन्य क्षेत्रजस्तै फिल्म क्षेत्र प्रभावित बन्न पुग्यो। भयो। कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा गत वर्ष वैशाख १६ बाट तेस्रो चरणको लकडाउन भयो। महामारीका कारण त्यस वर्ष फिल्म खासै प्रदर्शन हुन सकेनन्।

वर्षको अन्त्यतिर आएर संक्रमण दर घटेसँगै फिल्म क्षेत्र खुले पनि अघिल्ला वर्षदेखि थन्किएकामध्ये केही फिल्म प्रदर्शन भए भने केही फिल्मले प्रदर्शन मिति तय गरे। वर्ष ०७८ को भाद्र १७ गतेदेखि हल खुलेपछि त्यो वर्ष जम्माजम्मी १६ फिल्म मात्र रिलिज भए। वर्ष २०७९ सालमा भने वर्षको शुरुमै झरना थापा निर्देशित ए मेरो हजुर ४ देखि गत शुक्रबार आएको बहावसम्म गरी कुल ४९ फिल्म रिलिजमा आए। वर्ष २०७९ फिल्म रिलिजको खाता खोलेको फिल्म ए मेरो हजुर ४ ले ठूलो ब्यानरको हिन्दी फिल्मसँग जुधेर पनि एभरेज व्यापर गरी सुखद प्रदर्शनको सुरुवात गर्न सफल भयो।

वैशाख मध्यमा आएको सौगात मल्ल स्टारर फिल्म मन्त्रको मन्त्र काम लागेन भने हास्यव्यंग्य अभिनेता शिवहरि पौडेलले डेब्यु निर्देशन गरेको लक्का जवानले पनि कमाइ गर्न सकेन। महेश शाक्य अभिनीत षट्कोण, गौरव पहारी र अकेषा विष्टको लाइफ इन एलए, सौगात मल्ल र सलोन बस्नेतको घनचक्कर, दिया मास्केको दोख, आकाश श्रेष्ठ र पूजा शर्माको सम्झना बिर्सना, केकी अधिकारीको सिल्ली ४, खगेन्द्र लामिछानेको पानी फोटो, निराजन प्रधान र निशा अधिकारीको म, पुष्प खड्का र श्रद्धा क्षत्रीको कृष्णलीला, सौगात मल्ल र सृष्टी श्रेष्ठको माइकल अधिकारी, बेनिषा हमालको प्रेमगञ्ज, सौगात मल्ल, खगेन्द्र लामिछाने र मेनुका प्रधानको राधा, सुदर्शन थापाले निर्देशन गरेको आकाश श्रेष्ठ र पूजा शर्माको सम्हालिन्छ कहिले मन, नयाँ अनुहारहरुको गोर्खा बिनिथ द ब्रेभरी, छुल्ठिम गुरुङको शिवानी, धीरज मगर र अदिती बुढाथोकीको बाबरी, सन्तोष पन्तको हिजोआजका कुरा, रिमेश अधिकारीले निर्देशन गरको नालापानी, अर्पण थापा, आर्यन अधिकारी र वर्षा राउतको लाखे, धिरेन शाक्यको चोर पुलिस, सलोन बस्नेत र शिल्पा थापाको मिलन, रिश्ता बस्नेतको पासो, नम्रता सापकोटाको डेसान, खेलाडी राजकुमार राईको सोल अफ द कमान्डो, आर्यन सिग्देल र उपासना सिंह ठकुरीको डिसेम्बर फल्स, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, ऋचा शर्मा र बेनिशा हमालको चि मुसी चि इभन डेड डिजायर, सारा सिरपालीको गुञ्जन, पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको तिम्रो मेरो साथ, जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको ह्यारीकी प्यारी, मदन घिमिरे निर्देशित आ“धी तुफान २, पुष्प खड्का र वर्षा शिवाकोटीको मनस“ग मन, अनमोल केसीको छड्के र अरुण क्षेत्री, सृष्टि श्रेष्ठ र शुभेक्षा थापाको प्रेमा बक्स अफिसमा प्mलप सावित भयो। शिवानी नामक फिल्मको त केवल ५ टिकट विक्री भएको पाइयो भने चोर पुलिस राजानीको एउटा हलमा मात्र रिलिज भयो र एक सोबाट दोस्रो शोमा समेत पुग्न सकेन। वर्षको अन्तिम शुक्रबार आएको बहाव हलमै रहेकाले यसको व्यापारिक लेखाजोखा गर्न हतार हुनेछ भने वर्षको ब्लकबस्टर सिनेमामध्येको एक छक्का पञ्जाले रिलिजको ४० दिनपछि पनि कमाइ गरिरहेको छ।

कबड्डी–४ यो वर्ष सर्वाधिक धेरै २१ करोड रुपियाँ बढी व्यापार गरेर वर्षकै ब्लक बस्टर फिल्म सावित भएको छ भने यसलाई अर्को ब्लक बुस्टर फिल्म छक्का पञ्जा ४ ले पछ्याइरहेको छ। चिसो मान्छे र प्रकाशले एभरेजको व्यापार गड्डयो भने पूmलबारी हिट भए पनि लगानी धेरै भएका कारण निर्माता फाइदामा जान सकेनन्। झिंगे दाउ, प्रेमगीत–३, दुई नम्बरी र के घर के डेरा बक्स अफिसमा हिट सावित भयो भने प्रदीप भद्मराईद्वारा निर्देशित तथा मह जोडी र गौरी मल्लद्वारा निर्देशित महापुरुष सुपरहिट सावित भयो। ऐना भ्mयालको पुतलीले बीना प्रचार प्रसार पनि राम्रो व्यापार गर्न सफल भयो भने सँगसँगै प्रशंसा पनि कमायो।

नाम चलेका कलाकार र निर्देशक भएकै भरमा दर्शक हलमा फिल्म हेर्न गइहाल्दैनन् भन्ने उदाहरण यो वर्षका थुप्रै फिल्मले पेश गरेको पाइयो भने नयाँ अनुहारका निर्देशक र कलाकारको फिल्म गुणस्तरीय भए दर्शकले अपार साथ दिन्छन् भन्ने पनि यो वर्ष पुनः सावित भएको छ।

नेपाल समाचार पत्रबाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.