‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजदेखि प्रदर्शनमा


काठमाडौं । भाइटीकाको शुभअवसर पार्दै आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’।

‘वरिष्ठ बलराम’
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा कथा र सम्पादन पनि निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्। दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी मुख्य भूमिकामा छन्। वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको चलचित्रका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन्। प्रदीप जि. धामी र पुस्कर बि. घिमिरे कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्र ‘वरिष्ठ बलराम’ मा समाबेश न्याउली बनैमाले दर्शक श्रोताको मन जित्न सफल बनेको। चलचित्रको ट्रेलरलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। राम्रो प्रचार प्रसारका कारण चलचित्रको राम्रो हाइप बनेको छ।

‘सोल्टिनी’
अर्जुन सुवेदीको निर्देशनमा बनेको ‘सोल्टिनी’ लाई सुवेदी स्वयं र कुमार भट्टराईले संयुक्त रूपमा लेखेका छन्। चलचित्रमा प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडालगायतका कलाकारहरू देखिनेछन्।

भाइटीकाको माहोलसँगै हलमा रिलिज भएका यी दुवै चलचित्रले फरक स्वादको मनोरञ्जन दिने अपेक्षा गरिएको छ। दर्शकले कुन फिल्मलाई कस्ता प्रतिक्रिया दिने हुन्, अब केही दिनमै खुल्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.