सोरठी भाकामा ‘आकाशैमा’ सार्वजनिक


काठमाडौँ। तिहारको अवसर पारेर श्री मोतिपुर मगर महिला समूह रुपन्देहीले सोरठी भाकामा आधारित नयाँ गीत ‘आकाशैमा’ सार्वजनिक गरेको छ। गायक छ्बी रास्कोटी मगर र गायिका देबी घर्ती मगरको स्वरमा रहेको यो गीतले सोरठी संस्कृतिको मौलिकता, परम्परा र सामुदायिक भावनालाई जीवन्त राख्ने संदेश बोकेको छ।

सोरठी परम्परालाई मनोरञ्जन मात्र नभई समुदायबीच सांस्कृतिक एकता र भावनात्मक बन्धन मजबुत बनाउने माध्यमका रूपमा प्रस्तुत गरिएको उक्त गीतमा लय र शब्द प्रेमबहादुर बुढा मगरका छन् भने संगीत संयोजन नरेन्द्र बियोगीले गरेका हुन्।

सार्वजनिक भिडियोमा गिरी राना मगर, नारायण सूर्यवंशी मगर, चन्द्र बहादुर घर्ती मगर, शुसान्त सठिघरे मगर, भिम पुन मगर, साहिल बगले मगर, रोशन पुन मगर तथा मोतिपुर मगर महिला समूहको आकर्षक अभिनय समावेश छ।

गीतको निर्देशन मुकेश नेपाली, छायांकन अभिनाश श्रेष्ठ र सम्पादन तथा रंग संयोजन ओम प्रसाईले गरेका छन्। भिडियो ‘बुटवल मगर कल्चर ग्रुप’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.