काइली जेनर यस वर्ष विश्वकै महँगो सेलिब्रेटी


काठमाडौं। प्रतिष्ठित फोर्ब्स पत्रिकाले सन् २०२२को विश्वका महँगो सेलिब्रेटीहरुको सुची तयार पारेका छन् । यस सूचीमा सेलिब्रेटीको सम्पत्ति नभई तलब मात्र जोडिएको छ ।सुचिमा चलचित्र, संगीत, फेसन र खेलकुदका क्षेत्रका सेलिब्रेटी परेका छन् ।

अमेरिकी मोडल तथा उद्यमी काइली जेनर विश्वकै महँगो सेलिब्रेटीको सूचीमा पहिलो स्थानमा परेकी छन् । उनको तलब ५८५ मिलियन डलर छ। उनीे एक अमेरिकी मिडिया व्यक्तित्व, समाजसेवी, र व्यवसायी महिला हुन्। उनले रियलिटी टेलिभिजन शृंखला किपिङ अप विद द कार्दशियन्समा अभिनय गरेकी थिइन ।

त्यसैगरी उनी कस्मेटिक कम्पनी काइली कस्मेटिक्सको संस्थापक र मालिक हुन्। सन् २०१९ मा, फोर्ब्सले उनलाई संसारको सबैभन्दा कान्छी स्व .निर्मित अर्बपति घोषणा गरेको थियो । जेनरको कुल सम्पत्ति १ बिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।

दोस्रो नम्बरमा अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट छिन् र उनको तलब १७०.५ मिलियन डलर छ । अमेरिकी र्‍यापर तथा फेसन डिजाइनर कान्ये वेस्ट फोर्ब्सको तेस्रो नम्बरमा छन् । उनको तलब १५०.२ मिलियन डलर छ ।

चौथो स्थानमा अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी १२७ मिलियन डलरसहित छन् । गायक एड सिरेन ११०.३ मिलियन डलरसहित पाँचौं स्थानमा छन् ।

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो १०९.२ मिलियन डलरसहित छैटौं स्थानमा छन् । अमेरिकी रक ब्यान्ड द ईगल्स १०१ मिलियन डलरको साथ आठौं स्थानमा रह्यो।

हलिउड अभिनेता डाउनी जोन्सन ८९.७ मिलियन डलरका साथ सूचीमा १५ औं स्थानमा छन् । गायक एल्टन जोन ८४ मिलियन डलरको साथ सूचीमा १९ औं स्थानमा छन् ।

फोर्ब्सका अनुसार अमेरिकी र्‍यापर जे जेड ८१.५ मिलियन डलरको साथ सूचीमा २० औं स्थानमा छन्।