यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषत भए हलिउड अभिनेता क्रिस इभान्स


काठमाडौं । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति हलिउड अभिनेता क्रिस इभान्सलाई वर्षको ‘जीवित सेक्सी पुरुष’ को उपाधि प्रदान गरेका छन्। मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीमा प्रकाशित गरेको हो ।‘यी सबै कुराबारे अन्तर्वार्ता गर्नु निकै कठिन काम हो,’ ठट्टा गर्नुअघि अभिनेता इभान्सले म्यागजिनसँग भने, ‘हुन त सेक्सी भन्नु एउटा बुलिङ र ह्यारेन्समेन्ट पनि हुनसक्छ।’

यतिबेला इभान्स प्राइम भिडियोको फिल्म ‘रेड वान’का लागि ड्वेन जोन्सनसँग काम गर्देछन्। अन्तर्वार्तामा इभान्सले अभिनयभन्दा बाहिर पनि आफूले भविष्य खोजिरहेको बताएका छन्।