चर्चित अभनेत्रीको रकेट हमलामा निधन



एजेन्सी । सम्मानित युक्रेनी अभिनेत्री ओक्साना स्भेत्सको युक्रेनको राजधानी किभस्थित एउटा आवासीय भवनमा रुसले गरेको रकेट आक्रमणमा मृत्यु भएको छ । ६७ वर्षिया अभिनेत्री योङ्ग थियटरसँग आवद्ध थिइन् ।

थियटर र चलचित्रमा दशकौंदेखि काम गर्दैै आएकी उनी थुप्रै सम्मान लगायत ‘युक्रेनको सम्मानित कलाकार’को उपाधिबाट समेत विभूषित छिन् ।

उनको जन्म सन् १९५५ को १० फेब्रुअरीमा भएको थियो । उनले इभान फ्रान्को थियटरको थियटर स्टुडियो र किभ स्टेट इन्स्टिच्युट अफ थियटर आर्ट्सबाट स्नातक हासिल गरेकी थिइन् ।

उनले विगतमा टर्नोपिल म्यजिक एन्ड ड्रामा थियटर र किभ थियटर अफ सटायरमा पनि काम गरेकी थिइन् । युक्रेनको अंग्रेजी भाषामा निस्कने राष्ट्रिय दैनिक किभ पोस्टले पनि उनको मृत्यु पुष्टि गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.