को बन्लान् राम, महेश बाबु कि रणबीर ?


एजेन्सी। बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ । निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ । चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश बाबूमध्ये एक रामको भूमिकामा देखिने बताइएको छ ।

यी दुवै अभिनेताबीच अहिले पनि निर्माता पक्षले छलफल जारी राखेको छ । यस चलचित्रमा दुई चलचित्र निर्देशकले मिलेर चलचित्रको निर्देशन गर्नेछन् । जसमा नीतेश तिवारी र रवि उदयावर रहेको बताइएको छ । श्रोतका अनुसार, चलचित्र उत्तर र दक्षिण भारत दुवैतर्फको ध्यान खिच्ने छ । रामायणमा ऋतिक रोशन रावण बन्ने छन् ।