सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय



काठमाडौं, माघ २। सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आईतबार सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल संचालन गर्न नपाउने निर्णय भएको बताएका हुन् ।
सरकारले डान्स वार, दोहोरी साँझ, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल लगायत पनि माघ १५ गतेसम्म संचालन नगर्ने निर्णय गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.