बिस्व प्रसिद्द गायिकाले चर्चका लागि आफ्नो लुगासमेत लिलामी


Katherine-Jenkins
हलिउड गायिकाको समाज सेवाका चाहना पनि अनौठा–अनौठा छन् । कोही अनाथ तथा असहायको सेवामा रमाउँछन् भने कति मठमन्दिर निर्माणमा । गायिका क्याथरिन जेनकिन्सको कुरा गर्ने हो भने उनको चर्चमा लगानी गरेर समाज सेवा गर्ने सोख छ ।पछिल्लो समय यी गायिका आºनो निवास्थाननजिक एक चर्च निर्माणका लागि पैसाको जोहो गर्न लागेकी छन् । यतिसम्म कि उनले चर्चका लागि लुगासमेत लिलामीमा राखेकी छन् जुन लुगा उनले एक रियालिटी सो डान्सिङ विथ द स्टार्समा लगाएकी थिइन् ।

चम्कने नवरंगी सो पोसाक उनले कार्यक्रमको फाइनल राउन्डमा पहिरएकी थिइन् । ३२ वर्षीया क्याथरिनको चाहना यो ड्रेस उनका प्रशंसकले पहिरिरहुन् भन्ने छ । यो ड्रेसलाई उनलाई सपिङ पोर्टलमा बिक्रीका लागि राखिएको छ । यसबाट आएको रकम उनले निद सहरस्थित डेबिड चर्च पुनर्निर्माणमा लगाउने तय गरेकी छन् ।