उज्ज्वल के.सी.को निर्देशनमा अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र निर्देशक उज्वल के.सी.द्धारा निर्देशित अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको निर्देशन र सम्पादन के.सी.ले गरेका हुन । यस चलचित्रमा बेल्जियम र नेदरल्याण्डका स्थापित कलाकारहरुले अभिनय गरेका छन्।

मुख्य भूमिकामा मैक गब्रियल, अन्ना, मेरी, नताली , योल्नडा तथा एक भारतीय कलाकार मुकेश पलको अभिनय रहेको छ। स्क्रिप्ट राइटर लियो उजोमा र टोम कोपेनोलको निर्माणमा बनेको चलचित्र कोरोना महामारी सामान्य भएपछि प्रदर्शनमा आउनेछ । साथै यस चलचित्रको डबिंग भर्सन नेपाली,हिन्दि,डच र फ्रेन्च भाषामा हेर्न सकिने छ।

नेपाली सञ्चार जगतमा परिचित के.सि. पछिल्लो समय बेल्जियम बसेर अंग्रेजी सिनेमामा काम गरिरहेका छन ।उनि द्वारा निर्देशित एक अर्को चलचित्र ‘द लाष्ट च्याप्टर’ पनि छायांकन क्रममा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.