जेम्स बोन्डको फिल्मकी चर्चित अभिनेत्रीको निधन


सेलिब्रेटी नेपाल

एजेन्सी:चर्चित बेलायती अभिनेत्री हनर ब्ल्याकमेनको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो करिअरमा थुप्रै फिल्ममा अभिनय गरिन् तर सबैभन्दा बढी चर्चा जेम्स बोन्डको फिल्मबाट पाएकी थिइन् । ब्ल्याकमेनको परिवारले एक बयान जारी गर्दै उनको दक्षिण पूर्वी इङल्याण्डस्थित आफ्नो घरमा निधन भएको जनाएको छ । ब्ल्याकमेनका २ छोराछोरी र ४ नातीनातिनी छन् ।

हनर सबैभन्दा पहिले १९६० को दशकमा रिलिज भएको टिभी सिरियल ‘द एभेन्जर्स’बाट चर्चामा आएकी थिइन् । १९६४ मा रिलिज भएको जेम्स बोन्ड सिरिजको तेस्रो फिल्म गोल्डफिंगरबाट उनले ठूलो चर्चा पाइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.