रहेनन् हलिउडका स्टार कर्क डग्लस


सेलिब्रेटी नेपाल

एजेन्सी:हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका ‘स्पार्टाकस’ र ‘पाथ्स् अफ ग्लोरी’ जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए ।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए । उनि अभिनयका अलावा फिल्म निर्माता र निर्देशक पनि हुन् । करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरेका थिए ।

उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको पुष्टी गरे । उनले पिताको निधन भएको खबर फेसबुकबाट सार्वजनिक गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.