शाकिराको जन्मदिनमा पूरा भयो ४२ वर्षदेखिको सपना (फोटो फिचर)


सेलिब्रेटी नेपाल

एजेन्सी:अमेरिकाको सबैभन्दा ठूलो फुटबल लिग ‘सुपर बउल’ एकपटक फेरि सुरु भइसकेको छ । यस वर्षको लिगको हाफटाइम शोमा हलिउडका दुई गायिका शकिरा र जेनिफर लोपेजले प्रस्तुती दिए । यो यी दुईले एकसाथ प्रस्तुती दिएको पहिलो शो हो । फेब्रुअरी २ शकिराको जन्मदिन हो र यो दिन उनको बाल्यकालदेखिको सपना पूरा भएको छ । सुपर बउल शोमा प्रस्तुती दिने शकिराको सपना थियो जुन उनको ४२ औं जन्मदिनको दिन पूरा भएको छ ।

शोमा रुबी रेड आउटफिटमा आएकी शकिराले सबैलाई स्वागत गरिन् । उनले आफ्नो सबैभन्दा चर्चित गीत ‘हिप्स डोन्ट लाइ’ गाइन् । जेनिफर सिल्भर ह्वाइट आउटफिटमा देखिइन् । जेनिफरले पोल डान्स पनि गरिन् । यो शोमा शकिरा र जेनिफरसँगै जेनिफरकी छोरी इम्मी मारिबेल मुनिजले पनि प्रस्तुती दिइन् । यी आमाछोरीले पोर्टोरिकोको झण्डाको अगाडि प्रस्तुती दिएका थिए । उनीहरुको प्रस्तुतीका लागि हलिउडका ठूला–ठूला हस्तीहरुले बधाइ दिएका छन् र ट्वीटरमा सुपर बउल हाफ टाइम शो ट्रेण्डिङमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.