ओस्कार अर्वाडमा हलिउडका अभिनेता डेनियल डे लुइसको ह्याट्रिक


 
विश्व चर्चित ओस्कार अर्वाडमा हलिउडका अभिनेता डेनियल डे लुइसले तेस्रो पटक सर्वोत्कृष्ट अभिनेता पुरस्कार जित्नुभएको छ । उहाँले चलचित्र लिङ्कन मार्फत तेश्रो पटक अवार्ड जितेर इतिहास बनाउनुभएको हो ।सर्वोत्कृष्ट अभिनेत्रीमा २२ वर्षिय जेनिफर लरेन्सले अर्वाड प्राप्त गर्नुभएको छ । अभिनेत्री जेनिफरले ओस्कार अर्वाड पहिलो पटक जित्नुभएको हो । यस्तै सर्वोत्कृष्ट सहअभिनेत्री ऐनी हेथवे र सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड क्रिस्टोफ वाल्टजले पाएका छन् ।प्रतिष्ठित फिल्ममा निर्देशक बेन एफलेकको फिल्म अर्गोले अवार्ड पाएको छ भने लाईफ अफ पी फिल्मका निर्देशक आंग लीले सर्वोत्कृष्ट निर्देशकको अर्वाड जित्नुभएको छ । यस्तै मौलिक गीततर्फ बेलायती गायिका एडेलले सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको छ । अमेरिकाको लस एन्जल्समा भव्य समारोहबीच सोमबार ओस्कार अर्वाडको घोषणा भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.