सुगम नहुँदा कन्सर्ट खल्लो,दर्शकको मन खिन्न



सेलीब्रेटी नेपाल माघ २९ गते- आयोजकले चर्चित पप गायक सुगम पोखरेल आउने प्रचार गरे पनि अल्फा म्युजिकको आयोजनामा शनिबार बुटवलमा सम्पन्न म्युजिक कन्सर्टमा दर्शकले उनलाई सुन्न पाएनन् । उनी काठमाडौंमा लागु औषध सेवन गरेको अभियोगमा पक्राउ परेकाले त्यहाँ आउन पाएका थिएनन्। सविन राई, रिमा गुरुङ, भीमबहादुर बम्जन, आर्यन शाही, रोमश न्यौपाने र लक्षु न्यौपानेले आफ्नो गीत मार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिए। तीन घन्टा कार्यक्रम चले पनि गायक सुगम पोखरेल नआएकाले कार्यक्रम प्रचार गरेजस्तो उत्साहजनक नभएको बुटवलका साजन सारुले बताए।स्थानीय व्यवस्थापनको जिम्मा लिएका कुशल थापाले सुगमलाई दर्शकमाझ उभ्याउन नपाउँदा नरमाइलो लागेको बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.