राजेश पायल र बेनिषाको रोमान्टिक युगल गीत सार्वजनिक


काठमाडौँ । गायक राजेश पायल राई र गायिका बेनिशा पौडेलको स्वरमा रहेको रोमान्टिक युगल गीत ‘म तिम्रो डाइ हार्ट फ्यान’ को भिडियो सार्वजनिक गरिएको छ।

नृपेश उप्रेतीको शब्द रचना रहेको गीतमा विशाल निरौलाको संगीत तथा संगीत संयोजन रहेको छ। प्रेमभावमा आधारित गीतको भिडियो आकर्षक शैलीमा तयार गरिएको छ।

भिडियोमा बिना राउत र सुमन दियाली फिचर्ड छन् । राम गुरुङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन्।

रुपेश थापाले छायांकन गरेको भिडियोमा सुरेश काफ्लेको ड्रोन तथा सम्पादन रहेको छ। तारा सितारा प्रोडक्सन मार्फत सार्वजनिक भिडियो दर्शक तथा संगीतप्रेमीमाझ रुचाइएको निर्माण टिमले जनाएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.