एलिना चौहानको गीत ‘चक्मा’ मा हट अवतारमा मेनुका माझी


काठमाडौं। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘चक्मा’ को भिडियो सार्वजनिक गरिएको छ। आकर्षक संगीत र समकालीन शैलीमा तयार गरिएको गीतको भिडियोमा अभिनेत्री मेनुका माझी हट अवतारमा प्रस्तुत भएकी छन्, जसले दर्शकमाझ विशेष चर्चा पाउन थालेको छ।

गीतमा मनिषको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजनरिकेश गुरुङले गरेका हुन्। भिडियोको अवधारणा तथा निर्देशन समेत मनिष श्रेष्ठकै रहेको छ। भिडियोमा मेनुका माझीसँगै मानिया हमको अभिनय देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मिलन बिश्वर्कमाले गरेका छन्।

काजी टेक कटुवाल निर्माता रहेको यस म्युजिक भिडियोमा आकर्षक नृत्य समाबेश छ। मेनुका हट अवतार मार्फत दर्शकसामु सार्वजनिक भएसँगै ‘चक्मा’ ले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.