कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपियो


काठमाडौँ । नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनले सञ्चालनमा ल्याएको कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपिएको छ । ‘अडि–२’ नाम दिइएको उक्त हलको उद्घाटन बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे ।

१०१ सिट क्षमताको ‘अडि–२’ मा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, लक्जरी सिट र थ्रीडी प्रविधि जडान गरिएको सञ्चालक महर्जनले जानकारी दिए । चलचित्र संघका अध्यक्ष समेत रहेका महर्जनले कीर्तिपुर सिनेप्लेक्सलाई पहिलेको पुरानो ‘कीर्तिपुर हल’ पुनःनिर्माण गरी आधुनिक स्वरूपमा सञ्चालनमा ल्याएका हुन् ।

उनका अनुसार दुई पर्दे हल सञ्चालन गर्ने योजना पहिले देखिनै भए पनि कोरोना लगायतका कारणले सुरुमा मात्र एक पर्दा सञ्चालनमा आएको थियो । दर्शकको चाप बढ्दै गएपछि सुविधालाई प्राथमिकता दिँदै दोस्रो पर्दा थपिएको हो ।

“हामीले पर्दा मात्र थपेका छैनौँ, हललाई अत्याधुनिक सुविधासहित पूर्ण रूपमा आधुनिक बनाएका छौँ,” महर्जनले भने, “अब दर्शकले आरामदायी वातावरणमा चलचित्रको मज्जा लिन सक्नेछन् ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.