दयाहाङ र आँचलको ‘दुखी आत्मा’ को ३ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक


काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लामो टिजरले सिनेमाको कथासार बुझाउँछ ।

टिजरमा श्रवण मुकारुङको कवितालाई पनि समावेश गरिएको छ । सार्वजनिक सिनेमा टिजरको सुरुवातमै एडल्ट वन्ली भनिएकाले पनि अहिलेका युवापुस्ताको मनोभावनालाई निर्देशक लामाले प्रस्तुत गरेको बुझ्न सकिन्छ । यस्तै, सिनेमाको सार्वजनिक टिजरमा समेत द्धिअर्थी लाग्ने संवादहरु सुन्न सकिन्छ ।

सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको सिनेमामा हिमाल कडरियाको लगानी रहेको छ । आगामी फागुन २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा सुदिप ढकाल कार्यकारी निर्माता रहेका छन्। सिनेमामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.