‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलमा जोडीए विजय बराल


काठमाडौँ। ‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले ‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघर स्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।

दशैं अघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएलको जानकारी निर्माणपक्षले दिएको छ । सिनेमाको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो । बिजयको यो ‘पूर्ण बहादुर सारङ्गी’को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ ।

सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहेका छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.