१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’ (भिडियो)


काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक गरिएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित व्यक्तित्वहरू, केही मिडिया पर्सनालिटीहरू तथा गीत र भिडियो टिमको उपस्थितिमा सार्वजनिक गरे। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

करिब १२ वर्षपछि योगेश्वरले यो नयाँ गीत सार्वजनिक गरेका हुन्। सरोज बास्तोलाले रचेको यस गीतलाई सुरुवातमा वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओम विक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। तर, विभिन्न कारणले गीतलाई त्यति बेला सार्वजनिक गर्न सकिएको थिएन। हाल गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियो सहित प्रस्तुत गरेका हुन्।

‘कुनै दिन’ गीतको म्युजिक भिडियोमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन छ, भने क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छन्। म्युजिक भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ, र विकाश लामिछानेले अभिनय गरेका छन्। भिडियोमा आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ। भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम “माइकल” ले गरेका छन् भने सह निर्देशन साईव्रत आचार्यको छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक तथा रङ्ग संयोजक विकाश दाहाल हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.