दिप्सन र मेलिनाको ‘घुम्न जाउँ धरान शहर’ (भिडियो)


काठमाडौँ। गायक दिप्सन लिम्वू र गायिका मेलिना मैनालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ।सार्वजनिक ‘घुम्न जाउँ धरान शहर’ बोलको गीतमा राजह्याङ्ग आङ्गबोको शब्द र संगीत दिप्सन लिम्वूको रहेको छ। माया तामाङको प्रस्तुति रहेको भिडियोको निर्देशन दिनेश माङ्गमुले गरेका हुन्।

दिनेश पराजुलीको छायांकन र अनिल रानाको सम्पादन रहेको छ। भिडियो माया ईन्टरटेन्मेन्टको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर्ड छन्। भिडियोमा निर्देशकले तामाङ जातीको भाषा, भेषभुषा र संस्कृती देखाउन खोजेका छन्।