भोली शुक्रवारबाट देशभर रिलिज हुने ‘मोदीबेनी’ को प्रिमियर


काठमाडौं। यही शुक्रवारबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ‘मोदीबेनी’लाई प्रिमियर शोबाट मिश्रित प्रतिक्रिया मिलेको छ।

प्रिमियरमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, स्नेहा भट्टराई, प्रवीण खतिवडा, दिलीप के.सी., कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो। साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो।

प्रिमियर शोमा चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए। ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ। चलचित्रको प्राप्त प्रतिक्रियाबाट पहिलो पटक चलचित्र निर्देशन गरेका शङ्कर कोइरालाले आफ्नो सपना साकार भएको बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.