‘यो मन त मेरो नेपाली हो’ को पहिलो गीत सार्वजनिक


काठमाडौँ। सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘तिम्रो आँखै रसिलो’ बोलको डान्सिङ्ग नम्बर सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत तथा अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।

रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’ का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर) को कथा र निर्देशन रहेको सिनेमामा ज्ञानबहादुर प्रधान ‘रोशन’ को निर्माण छ । सिनेमामा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) प्रस्तुतकर्ता रहेको सिनेमाले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्छ । शिवम अधिकारीले लेखेको सिनेमामा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाँको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.