नयाँ तीज गीत ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायिका देवी घर्ती,गायक प्रमोद भुषाल र सुस्मा बीसीको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गीतमा शब्द तथा संगीत प्रमोद भुषालको रहेको छ। कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको हुकलाइन लेक कुमारी भुषालको रहेको छ।

प्रविन थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियोमा नारायणी खत्री,संचिता बोलाखे,उमाराज थापा,सुस्मा बीसी फिचर्ड छन्। डान्सिङ्ग नम्बरको गीतको भिडियो प्रमोद भुषालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यसपालिको तीजमा यो गीतले राम्रै दर्शक श्रोता पाउने निर्माण टिमको आशा रहेको छ।