प्रदर्शनको तेस्रो दिन शनिवार ‘पुजार सार्की’ लाई दर्शकको साथ


काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार चलचित्रको व्यापारमा अझै आक्रामक व्यापार देखिएको छ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ।

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्। ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.