जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त


काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । काठमाडौं बाहिरका विभिन्न लोकेशनमा यो फिल्म खिचिने निर्माताले बताएका छन् ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको चलचित्रको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् । मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको चलचित्रमा शंकर धितालको पटकथा तथा संवाद छ । चलचित्रको शिर्ष भूमिकामा जितु नेपाल देखिदैछन् । नायिका नीति शाह पनि यो फिल्मलाई लिएर उत्साहित छिन् । नीति शाहको यो दोश्रो चलचित्र हुनेछ,उनको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ यहि बैशाख २८ गतेबाट प्रदर्शनमा आउंदैछ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.