प्रदर्शन मिति नजिकदैं गर्दा ‘दान्भी’ अभिनेत्री पुजालाइ चटारो


काठमाडौँ। पुजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको सिनेमाको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ ।

फिल्मको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो सिनेमामा पूजा शर्मा, कुन्साङ बोमजोम र किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो सिनेमाका निर्देशक हुन् । सिनेमामा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

यो सिनेमामा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् । सिनेमा जेठको १० गतेबाट प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.