चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक



काठमाडौँ। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चलचित्र ‘चारदाम’को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ट्रेलर र ‘मेरो अङ्गालोमा’ बोलको गीत सार्वजनिक गरिएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चलचित्र ‘चारदाम’ कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ । ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङ केन्द्रिय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रीन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योन्जन तामाङको उपस्थिति रहेको थियो ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र ‘चारदाम’ मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र लाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । चलचित्रमा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.